आर्थिक परिर्वतनबाट सामाजिक रुपान्तरण गर्ने लक्ष्यमा सरकार

आर्थिक परिर्वतनबाट सामाजिक रुपान्तरण गर्ने लक्ष्यमा सरकार

केन्द्रबिन्दु
0
Shares

सूचना प्रविधि तथा संचारमन्त्री गोकुल बास्कोटालेले राजनीतिक परिर्वतन मात्रै नभई आर्थिक परिर्वतनबाट सामाजिक रुपान्तरण गर्ने लक्ष्यमा सरकार अघि बढेको स्पष्ट पारेका छन् ।

सनिबार राजधानीमा आयोजित नेपाल कुरियर सेवा संघको २४ औ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री बास्कोटाले राजनीतिक, सामाजिक र आर्थिक रुपान्तरणलाई एकसाथ अघि बढाउने गरि सरकार अघि बढेको बताएका हुन् ।

आर्थिक रुपान्तरणबाट मुलुकको सम्वृद्धि र जनताको सुख जोडेकाले सरकार समाजशास्त्रीय र अर्थशास्त्रीय दुवै दृष्टिले सही भएको दाबी उनले गरे ।

राष्ट्रिय स्वभिमानका साथ मुलुकको आर्थिक विकास गर्ने लक्ष्यमा सरकार अघि बढेको भन्दै उनले त्यसका लागि आवश्यक राष्ट्रिय पूँजी निर्माणमा निजी क्षेत्र संग सहकार्य गरिने बताए । उनले जनताको अभिमतबाट नै दुई तिहाई सरकार बनेकाले सरकारलाई विश्वास गर्न आग्रह गरे ।

उनले हुलाक सेवा संगसंगै कुरियर सेवालाई पनि व्यवस्थित गर्ने सम्बन्धमा सरकार गम्भीर रहेको बताए ।

Logo