सहकारीको अवधारणामा कम्युनिष्टहरुको बर्चश्व

सहकारीको अवधारणामा कम्युनिष्टहरुको बर्चश्व

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेताहरुले आफुहरुले उठाएको सहकारीको अवधारणामा कम्युनिष्टहरुको बर्चश्व रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सनिबार राजधानीमा भएका दुई छुट्टा छुटै कार्यक्रममा कांग्रेस नेताहरुले कम्युनिष्ट विचारधारा विपरित रहेको सहकारीमा कम्युनिष्टहरुकै बर्चश्व भएको टिप्पणी गरेका हुन् ।

सहकारी अर्थनीति कम्युनिष्ट विचारधाराको विपरित भएपनि अहिले मुलुकभरका सहकारीमा वामपन्थीकै बर्चश्वर रहेको भन्दै सहकारी संस्थामा संलग्नता बढाउनुपर्नेमा जोड दिए ।

फियन बचत तथा ऋण सहकारी संस्थाको आठौ बार्षिक साधारणसभालाई सम्बोधन गर्दै कांग्रेस नेता पुर्व अर्थमन्त्री डाक्टर रामशरण महतले कांग्रेसले बनाएको सहकारीको आधारको उपयोग कम्युनिष्टहरुले गरिरहेको बताए ।

त्यसैगरी बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११ औ बार्षिक साधारणसभालाई सनिबार नै सम्बोधन गरेका पुर्व उपप्रधानमन्त्री एवं कांग्रेस उपसभापति बिमलेन्द्र निधीले पनि सहकारी अर्थनीति सुरु गरेको कांग्रेस नै सहकारी अभियानमा पछि परेको र कम्युनिष्टको बर्चश्व बढेको बताए ।

वर्तमान सरकारले गाउगाउमा सहकारी पुर्याउने नीति लिएको छ ।

Logo