पदिय मार्यादामा रहेर काम गर्न महानिरीक्षक खनालको निर्देशन

पदिय मार्यादामा रहेर काम गर्न महानिरीक्षक खनालको निर्देशन

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पदिय मार्यादामा रहेर काम गर्न प्रहरी संगठनका अधिकारीलाई सचेत गराएका छन् ।

पूर्व प्रहरी कर्मचारी परिषद् नेपालको छैटौं बार्षिक साधारणसभालाई सनिबार सम्बोधन गर्दे प्रहरी प्रमुख खनालले पदिय मर्यादामा रहन सबैलाई सचेत गराएका हुन् ।

२४ सै घण्टा काममा परिचालित हुदा पनि प्रहरी संगठन सधै आलोचनाको केन्द्रमा रहने गरेको भन्दै उनले पदिय दायित्व र मर्यादालाई केन्द्रविन्दुमा राखेर काम गर्न आग्रह गरे । कानुनमा भएका छिद्र मार्फत पदिय दुरुपयोग गराउन खोज्ने प्रति सधै सचेत रहन पनि उनले आग्रह गरे ।

प्रहरी संगठन बलियो भएमा पुर्व प्रहरीहरु प्रतिको आस्था र सम्मान पनि बढ्ने भन्दै उनले प्रहरी संगठनलाई बलियो बनाउन आवश्यक सहयोग गर्न पूर्व प्रहरी कर्मचारी परिषद् नेपाललाई आग्रह गरे ।

उनले प्रहरी संगठनले सधै साधन स्रोतको अभाव खेपिरहनुपरेको तितो यथार्थका बीच सुरक्षालाई पनि विकासको अवाधारण संगै अघि बढाउनुपर्ने मान्यता स्थापित गराउन आफु प्रयत्नशिल रहेको बताए ।

Logo