निर्माणमा भन्दा सरकार फजुल खर्चमा अघि बढ्योः रामशरण महत

निर्माणमा भन्दा सरकार फजुल खर्चमा अघि बढ्योः रामशरण महत

केन्द्रबिन्दु
0
Shares

पुर्व अर्थमन्त्री रामशरण महतले पूँजी निर्माण र लगानी वृद्धिमा भन्दा सरकार फजुल खर्चमा अघि बढेको आरोप लगाएका छन् ।

राजधानी काठमाण्डौमा सनिबार फियन बचत तथा ऋण सहकारी संस्थाको आठौ बार्षिक साधारणसभालाई सम्बोधन गर्दै पुर्व अर्थमन्त्री महतले सरकार मुलुकको समग्र आर्थिक विकासका लागि गम्भीर नबनेको बताएका हुन् ।

उनले सरकार उडन्ते र हावादारी कुरामा हिडेको आरोप पनि लगाए । सत्तारुढ दलका दुई अध्यक्षले आ आफ्ना निर्वाचन क्षेत्रमा भ्यू टावर निर्माण र शहरी विकास आयोजनाको नाममा ठुलो रकम खर्च गर्नु गलत भएको टिप्पणी गरे ।

उनले जनताका आधारभुत आवश्यकता, सडक विस्तार लगायत क्षेत्रलाई सरकारले प्राथमिकता दिन नसकेको आरोप लगाए ।

Logo