सरकारको टिप्पणी, ‘रेशम चौधरीको शपथ स्वभाविक’

सरकारको टिप्पणी, ‘रेशम चौधरीको शपथ स्वभाविक’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशमलाल चौधरीको पद तथा गोपनियताको सपथ स्वभाविकै भएको टिप्पणी गरेको छ ।

सरकारका प्रवक्ता एवम् सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बास्कोटाले कानुनी प्रक्रिया अनुसार चुनाव लडेका, जनताले जिताएका सांसद चौंधरीको पद तथा गोपनियताको सपथ स्वभाविकै भएको प्रतिक्रिया दिए ।

बिहीबार संचारकर्मीमाझ उनले अदालतको फैसला अनुसारको कानुनी कारवाही भने सांसद चौधरीले भोग्ने पर्ने स्पष्ट पारे । राज्यले अदालतले गरेको निर्णय मान्नैपर्ने मन्त्री बास्कोटाको भनाई छ ।

मन्त्री बास्कोटाले वाईडबडि विमान खरिद प्रक्रियामा सम्बन्धमा संसदीय उपसमितिले तयार पारेको प्रतिवेदनको आधारमा कसैलाई पनि कारवाही नगरिने बताए । उनले वाइडबडि विमान खरिद सम्बन्धमा सार्वजनिक लेखा समितिको उपसमितिले तयार पारेको प्रतिवेदन बाहिर सार्वजनिक भएकोमा असन्तुष्टि व्यक्त गरे ।

उपसमितिको सो प्रतिवेदन समितिमा पेश भएको र सो समितिको निर्देशन आएपछि सरकारले सो सम्बन्धमा आवश्यक निर्णय लिने मन्त्री बास्कोटाको भनाई छ । मन्त्री बास्कोटाले उपसमितिले लगाएको सो आरोप पुष्टि गर्न सरकार आफैले छानविन समिति गठन गर्ने स्पष्ट पारे ।

बुधबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा पर्यटन मन्त्री रविन्द्र अधिकारीलाई समेत कारवाही गर्नुपर्ने निष्कर्षसहित उपसमितिले आफ्नो प्रतिवेदन समितिमा बुझाएको थियो ।

प्रतिवेदनमा सो विमान खरिदमा ४ अर्ब ३५ करोड भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै सो कार्यका लागि मुख्य भूमिकामा रहेका नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई तत्काल निलम्बन गरी हदैसम्मको कानुनी कार्वाही गर्नुपर्ने सुझाव दिएको थियो ।

Logo