जेल जादैं रेशम चौधरीको प्रश्न, ‘सांसदको शपथ खाएपछि पनि जेल जानुपर्ने ?’

जेल जादैं रेशम चौधरीको प्रश्न, ‘सांसदको शपथ खाएपछि पनि जेल जानुपर्ने ?’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणपछि रेशमलाल चौधरीले फेरि जेल नै जानुपर्ने भन्दै प्रश्न गरेका छन् । बिहीबार संसद सचिवालयमा सभामुख कृष्णबहादुर महरासँग शपथ ग्रहणपछि चौधरीले उक्त प्रश्न गरेका हुन् । उनले सपथ खुवाएपछि सांसदलाई फेरि कारागार पठाउन मिल्छ कि मिल्दैन भन्ने प्रश्न गरे ।

‘यो लोगो सांसदको लोगो हो । एकजना सांसदलाई सपथ खुवाएर कारागारमा पठाउन मिल्छ कि मिल्दैन ?’ उनको प्रश्न, ‘यो लोगोको सम्मान के हो ? यो लोगो हामी सम्पूर्ण प्रतिनिधि र राष्ट्रियसभामा सहभागी हुने सदस्यको कत्तिको इज्जत राख्छ राज्यले बोल्ला, संसदले बोल्ला ।’

नेपाली कानुनमा कुनै पनि व्यक्तिलाई सोढ २ वर्षसम्म पुर्पक्षमा राख्न नपाईने भन्दैं उक्त मुद्दाको छिटो सुनुवाई होस भन्ने आफ्नो चाहना रहेको बताए । ‘नेपाली कानुनमा कुनै पनि व्यक्तिलाई साढे ३ वर्षसम्म पुर्पक्षमा राख्न पाइँदैन । हामी साढे ३ वर्षदेखि जेलमा छौं । हाम्रा दर्जनौं साथीहरु निर्वासनमा छन् । न्यायालयले हामीलाई न्याय दिनुपर्छ । छिटोभन्दा छिटो टुंगो लगाउनुपर्छ’ उनले भने ।

शान्तिविना समृद्धि नआउने भन्दैं उनले भने, ‘शान्तिबिना समृद्धि आउँदैन । समृद्धिका लागि जनतालाई न्याय दिनुपर्छ । हामी त्यही न्यायको पर्खाइमा छौं । वैमनश्यता चाहँदैनौं, द्वन्द्व चाहँदैनौं । प्रवासमा बसेर पकौडा, जलेबी खाएर भोक मेटाउनुभन्दा आफ्नै देशमा दालभात खान स्वदेश फर्किएँ र जेलमा बन्द भएँ ।’

एउटा जनताबाट निर्वाचित भएर पनि सर्वसाधारण कैदीको जस्तो जीवनयापन गरिरहेको भन्दैं उनले अहिले लामा र खादा लगाएर जेल जानुपर्ने हो र भन्दै प्रश्न गरेका हुन् । उनले भने, ‘सर्वसाधारण कैदीको जस्तै जीवनयापन गरिराखेको छु । कुनै सुखसुविधा लिएको छैन । अहिले पनि यो माला र खादा लगाएर जेल जानुपर्छ होला । मात्रै एउटा प्रश्न छ– मैले लगाएको लोगोको प्रतिष्ठा कति रहन्छ ?’

२०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा ७ जना प्रहरीसहित ८ जनाको ज्यान गएको थियो। सो घटनामा संलग्न भएको भन्दै चौधरीविरूद्ध मुद्दा लागेको थियो। घटनापछि फरार रहेका चौधरीले सार्वजनिक नभइकनै प्रतिनिधि सभामा उम्मेद्वारी दिएका थिए।

उनी निर्वाचित भए पनि सपथ लिन पाएका थिएनन्। गत असारमा उनले जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए। त्यसपछि प्रहरीले उनलाई जेल हालेको थियो। डिल्लीबजार जेलमा रहेका चौधरीलाई सपथ खुवाउन प्रहरीले सिंहदरबार ल्याएको थियो। सपथपछि उनलाई प्रहरीले फेरि कारागार लगिएको छ ।

Logo