टीकापुर घटनाको जिम्मेवारी अब प्रधानमन्त्रीको काँधमा- कांग्रेस

टीकापुर घटनाको जिम्मेवारी अब प्रधानमन्त्रीको काँधमा- कांग्रेस

केन्द्रबिन्दु
0
Shares

थुनामा रहेका राजपा नेपालका नेता रेशम चौधरीलाई शपथ खुवाउने सरकारको तयारीप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

कांग्रेस प्रवक्त विश्वप्रकाश शर्माले टीकापुर प्रकरणजस्तो गम्भीर फौजदारी अभियोगमा मुछिएका चौधरीलाई शपथ ग्रहण गराउनु गलत भएको बताए।  कुनै दिन प्रहरीमाथि आक्रमण गर्ने सबै अपराधी हुन् भनेर भाषण गर्ने प्रधानमन्त्रीले नै चौधरीलाई शपथ गराउन खोज्नु अनौठो लागेको बताउंदै शर्माले भने, ‘केपी ओलीको रामराज्य यस्तै हुन्छ होला ।’

एसएसपी, दुधे बालक, प्रहरी जवानहरूको हत्याको पाप अब ओलीलाई पनि लाग्ने बताउदै शर्माले भने, ‘कैलालीको नरसंहारको जिम्मा अब ओलीको काँधमा गएको छ।’

Logo