शपथ खुवाउन माग गर्दै ‘दीपक मनाङे’ ले दिए निवेदन

शपथ खुवाउन माग गर्दै ‘दीपक मनाङे’ ले दिए निवेदन

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतबाट जमानतमा थुनामुक्त भएपछि सांसद राजिव गुरुङ ‘दीपक मनाङे’ ले आफूलाई प्रदेश सदस्यको सपथग्रहण गराउन माग गर्दै गण्डकी प्रदेशको सभामुख कार्यालयमा निवेदन दिएका छन्।

मनाङबाट निर्वाचित गुरुङले गत बिहीबार निवेदन दर्ता गराएका थिए।  निवेदन माथि छलफल संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक डाकिए पनि सबै दलको प्रतिनिधित्व नभएपछि टुंगोमा पुग्न सकेन ।

पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गर्दै मनाङेलाई ५ वर्ष कैद सजाय हुने भनी गरेको फैसलालाई गएको वैशाखमा सर्वोच्चले सदर गरेपछि मनाङबाट निर्वाचित मनाङे जेल गएका थिए।

गत वर्ष मंसिरमा भएको चुनावमा मनाङ प्रदेशसभा ‘ख’ बाट नेपाली कांग्रेसका उमेद्वार कर्म गुरुङलाई हराउँदै स्वतन्त्र उमेद्वार गुरुङ निर्वाचित भएका थिए ।

Logo