नेकपाभित्र नयाँ पर्यटनमन्त्रीको खोजी, नेताहरुबीच जुहारी

नेकपाभित्र नयाँ पर्यटनमन्त्रीको खोजी, नेताहरुबीच जुहारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र नयाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको खोजी सुरु भएको छ । वहालवाला मन्त्री रबिन्द्र अधिकारी वाइडबडी विमान घोटाला प्रकरणमा मुछिएपछि नयाँ मन्त्रीको खोजी सुरु भएको हो ।

संसदको सार्वजनिक लेखा समितिद्धारा गठित उपसमितिले वहालवाला मन्त्री अधिकारीसहित २ पूर्वमन्त्री र ३ सचिवलाई कारवाही सिफारिस गरेको छ ।

युवाहरुमाझ लोकप्रिय मन्त्री अधिकारी विमान घोटलाकाण्डमा मुछिएपछि विवादमा तानिएका छन् । उनले आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आएका छन् । तर उपसमितिले नै सुनुवाई समितिलाई उनीहरुमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ ।

मन्त्री अधिकारीमाथि संसदीय सुनुवाई समितिमा झुटो बोलेको र जिम्मेवारीबाट टाढा बसेकाले वाइडबडी खरिदमा भएको भ्रष्टाचारमा उनको समेत मिलेमतो हुनसक्ने आरोप लागेको छ ।

मन्त्री अधिकारीमाथि एकातिर अनुसन्धानको चुनौती छ भने अर्कोतिर दोषी ठहरिए राजनीतिबाटै सन्यास लिने भन्दै दिएको सार्वजनिक अभिव्यक्तिले नैतिक संकट छ । यस्तै अवस्थामा नेकपाभित्र नयाँ मन्त्रीको खोजी हुन थालेको हो ।

विशेषगरी सामाजिक सञ्जालमा नेता तथा कार्यकर्ताहरुले नयाँ मन्त्री को बन्ने भन्ने चर्चा चलाउन थालेका छन् । पार्टीले कुनै आधिकारिक धारणा सार्वजनिक नगरेपनि नेताहरु नयाँ मन्त्रीको खोजीमा जुटेका हुन् ।

उनीहरु जो कोही पर्यटन मन्त्री बन्दापनि विवादमा आउने गरेको भन्दै त्यसतर्फ सबैले सचेत हुनुपर्नेमा जोड दिन्छन् । फेसबुक, ट्वीटर लगायत सामाजिक सञ्जालमा नेकपा नेता तथा कार्यकर्ताहरु नयाँ मन्त्रीको वहसमा उत्रिएका हुन् । उनीहरुले मन्त्री अधिकारीलाई नैतिकताको आधारमा राजीनामा दिन पनि सुझाव दिईरहेका छन् ।

अर्कोथरीकाहरु भ्ने अहिलेनै केही नभएको प्रतिक्रिया दिन्छन् । उपसमितिले दोषी देखाउँदैं कोही दोषी प्रमाणित नहुने भन्दैं उनीहरुले अख्तियारको छानविनपछि मात्रै दोषी एकिन गर्न सकिने बताउँछन् ।

के नेकपाले रबिन्द्र अधिकारीलाई कालोमोसो दल्न सक्ला ?

Logo