काँग्रेस संसदीय दलको कार्यसमितिमा चार सदस्य थपिए

काँग्रेस संसदीय दलको कार्यसमितिमा चार सदस्य थपिए

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसको संसदीय दलको कार्यसमिति सदस्य पदमा चार सांसद थपिएका छन्।

सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले चार जना सदस्य थप गरेका हुन् । मनोनित हुने सदस्यहरुमा  उमेश श्रेष्ठ (ललितपुर), डा. डिला संग्रौला पन्त (मोरङ), देवप्रसाद तिमिल्सिना (रौतहट) र पार्वता डि.सी. चौधरी (दाङ) रहेका छन्।

काँग्रेसको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १० को उपधारा २(ग) बमोजिमलाई मनोनयन गरेको काँग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

Logo