प्रधानमन्त्रीलाई बालबालिकाको प्रश्न, ‘निर्मलाका हत्यारा कहिले पत्ता लाग्छ ?’ (भिडियोमा)

प्रधानमन्त्रीलाई बालबालिकाको प्रश्न, ‘निर्मलाका हत्यारा कहिले पत्ता लाग्छ ?’ (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बालबालिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अंग्रेजी भाषालाई किन महत्व दिएको भन्दै प्रश्न गरेका छन् । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित ‘बालबालिकासँग प्रधानमन्त्री’ नामक अन्तरक्रिया कार्यक्रममा सहभागी बालबालिकाहरुले यस्तो प्रश्न राखेका हुन् । उनीहरुले नेपाली भाषालाई छोडेर सरकारले अंग्रेजी भाषालाई मात्रै महत्व दिएको हो भन्दैं प्रश्न गरेका हुन् ।

जवाफमा प्रधानमन्त्री ओलीले मातृभाषा, राष्ट्रिय भाषा र अन्तर्राष्ट्रिय भाषाको रुपमा रहेको अंग्रेजी भाषालाई उत्तिकै महत्व दिएको प्रष्ट पारे । प्रधानमन्त्री ओलीले सबै बालबालिकालाई मातृभाषा, राष्ट्रिय भाषा र अन्तर्राष्ट्रिय भाषाको रुपमा रहेको अंग्रेजी भाषालाई उत्तिकै महत्व आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नयाँ पुस्ता बहुतै ‘ट्यालेन्ट’ रहेको बताए । नयाँ पुस्ता फेल, असफल, नालायक र अयोग्य नरहेको प्रतिक्रिया दिए । उनले विद्यमान शिक्षा प्रणालीमा सुधार गर्दै बालबालिकाहरुलाई हतोत्साही हुन नदिने प्रतिवद्धता व्यक्त गरे । प्रधानमन्त्री ओलीले बालप्रतिभालाई प्रकट हुनै नदिने विद्यमान शिक्षा प्रणाली रहेको उल्लेख गर्दै त्यसमा क्रममा सुधार गर्दै लैजाने बताए ।

आधुनिक ज्ञान र प्रविधिलाई प्रयोगमा ल्याउन अंग्रेजी भाषा आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भातृ भाषा र राष्ट्रिय भाषा हामी सबैलाई प्यारो लाग्ने उल्लेख गर्दै अंग्रेजी भाषाको पनि आवश्यक्ता झनै बढेर गएको बताए । विभिन्न देशमा गुम्नका लागि पनि अंग्रेजी भाषा आवश्यक भएकाले त्यसमा पनि जोड दिनु परेको भनाई छ ।

बालबालिकाहरुले प्रधानमन्त्री समक्ष निर्मला पन्तका हत्यारा कहिले पत्ता लाग्छ भन्दै प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले अहिलेसम्म हत्यारा पत्ता लाग्न नसक्दा आफुलाई आश्चर्य लागेको बताए । बलात्कारपछिका हत्याका अरु घटनामा दोषी पत्ता लागे पनि यसमा कठिन भएको बताए ।

‘प्रहरीले सुरुमा केही गल्तीहरु गरेको देखिन्छ । प्रहरीले त्यो गल्ती किन गर्‍यो भनेर प्रहरीकै एक पछि अर्को टिम, गुप्तचरहरुसमेत पठाएर अनुसन्धान भइरहेको छ । पछिल्लो समयमा एआईजीको तहबाट अनुसन्धान गरेका छौं’ प्रधानमन्त्री ओलीले भने, ‘तर अहिलेसम्म केही आश्चर्यजनक कुराहरु भएको छ । केही मानिसहरु अपराध आफूले यसरी गरेको हो भनेर बयान दिन्छन्, तर डीएनए मिल्दैन, अपराधीले स्वीकार्छ, कवुल गर्छ, डीएनए मिल्दैन ।’

प्रधानमन्त्री ओलीले ढिलो छिटो अपराधी पत्ता लाग्ने दावी गरे । ‘यस घटनामा संलग्न अपराधीलाई हामी कुनै पनि हालतमा छाड्दैनौं । अलिकति ढिलो चाँडो होला तर पत्ता लगाएर कानूनको दायरामा ल्याउने र सजायको भागी बनाउन हामी सक्छौं भन्नेमा विश्वस्त छौं, सरकार यसमा लागिरहेको छ ।’

Logo