विप्लवका २२ विद्यार्थी नेता नेकपामा प्रवेश, प्रचण्डले गरे स्वागत

विप्लवका २२ विद्यार्थी नेता नेकपामा प्रवेश, प्रचण्डले गरे स्वागत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका २२ विद्यार्थी नेता सत्तारुढ दल नेकपा प्रवेश गरेका छन् । विद्यार्थी संगठनका केन्द्रीय सचिवालय सदस्य राजन राईको नेतृत्वमा २२ जना नेकपा प्रवेश गरेका हुन् ।

विप्लवबाट बिद्रोह गरी आएका उनीहरुलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवास खुमलटारमा स्वागत गरेका छन् । नवप्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले हिजो जुन सपना देखेर हिँडेका सबै शक्तिहरु एकपल्ट एकजुट हुनुपर्ने बताए ।

अब समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा तिर जान लागेको बताए । अध्यक्ष प्रचण्डले बिद्रोह र शान्तिपूर्ण आन्दोलनलाई समायोजन गरेर र क्रान्तिकारी पार्टी र संसदवादी पार्टीहरुबीच समझदारी गराएर गणतन्त्र र समावेशी सम्भव भएको दाबी गरे ।

पार्टी प्रवेश गर्दै सचिवालय सदस्य राईले अध्यक्ष प्रचण्डको नेतृत्वमा नै समाजवादी क्रान्ति सम्पन्न हुने विश्वाससहित पार्टीमा प्रवेश गरेको बताए ।

Logo