प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी गरेकोप्रति ‘विप्लव’को आपत्ति

प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी गरेकोप्रति ‘विप्लव’को आपत्ति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आफ्ना नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेकोमा आपत्ति जनाएको छ । सरकारले गत शुक्रबार नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

यसअघि खारेज गरिसकेको उदयपुर र संखुवासभाको मुद्धालाई पुनः ब्यूताउन खोजिएको भन्दैं आपत्ति जनाएको हो । पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक विज्ञप्ति जारी गर्दै सरकारले वार्ताको हल्ला फिँजाएर पार्टीमाथि दमन गर्ने प्रपञ्च गरिरहेको आरोप लगाए ।

‘एकातिर वार्ताको हल्लामात्र फिँजाउने तर अर्कोतिर आधिकारीक पत्र नै नपठाई हाम्रो पार्टीमाथि दमन गर्ने प्रपञ्च ओली-प्रचण्ड सरकारले गरिरहेको यी हर्कतले पुष्टि गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उनीहरुको यो हर्कतको हामी घोर भत्र्सना गर्दछौं ।’

यसबाट सरकारले भन्दै आएको मानव अधिकार र सामाजिक सुरक्षाको खिल्ली उडेको विप्लवको आरोप छ । ‘सरकारले मंहँगी भ्रष्टचार र सामाजिक असुरक्षालाई बढावा दिएको छ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘मानवअधिकारवादी, नागरिक समाज र लोकतन्त्रवादीलाई यो जनविरोधि हर्कतको अटेर विरोध गर्न आह्वान गर्दछौं ।’

Logo