यसरी मनाईयो राजा वीरेन्द्रको जन्मजयन्ती (भिडियोमा)

यसरी मनाईयो राजा वीरेन्द्रको जन्मजयन्ती (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

तत्कालिन राजा वीरेन्द्र शाहको ७४ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरि मनाईएको छ । जन्मजयन्तीको अवसरमा शुभचिन्तक तथा उनी प्रति विशेष श्रद्धा गर्नेहरुले सनिबार ललितपुरको जाउलाखेलस्थित वीरेन्द्रको शालिकमा माल्र्यापण गरि राजा वीरेन्द्रको सम्झना गरेका छन् ।

पारिवारिक जमघटको समयमा २०५८ जेठ १९ गते दरबारभित्र चलेको गोलीकाण्डबाट उहाँको निधन भएको थियो । सो क्रममा रानी ऐश्वर्य, छोराहरु युवराज दीपेन्द्र, अधिकारकुमार निराजन, छोरी श्रुति लगायत आफन्तहरुको पनि निधन भएको थियो । दरबार हत्याकाण्ड आज सम्म रहश्यमै रहेको छ ।

२०१७ सालमा महेन्द्रले स्थापना गरेको पञ्चायती शासन विरुद्ध आन्दोलन चर्किदै गएपछि वीरेन्द्रले २०३६ सालमा जनमत संग्रह गराएका थिए । उनले कांग्रेस वाम आन्दोलन चर्किएपछि २०४६ सालमा पञ्चायती व्यवस्था हटाई प्रजातन्त्र पुनः स्थापना गर्दै आफुलाई संबैधानिक राजाको रुपमा सिमिति राखेका थिए ।

उनलाई प्रजातान्त्रिक राजाको रुपमा पनि हेर्ने गरिन्छ । विक्रम सम्बत् २००२ पुस १४ गते तत्कालिन राजा महेन्द्र र रानी इन्द्रराज्यलक्ष्मीको पहिलो पुत्रका रुपमा जन्मिएका वीरेन्द्रले बुबा महेन्द्रको निधनपछि २०२८ माघमा राजगद्दी सम्हालेका थिए ।

Logo