विवेकशिल साझा पार्टीको नेतृत्वमा ‘न्यायको खोजीमा निर्मलाहरु’

विवेकशिल साझा पार्टीको नेतृत्वमा ‘न्यायको खोजीमा निर्मलाहरु’

केन्द्रबिन्दु
0
Shares

कंचनपुरकी निर्मला पन्तलाई न्याय दिन माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि प्रर्दशन गरिएको छ ।

विवेकशिल साझा पार्टीको नेतृत्वमा ‘न्यायको खोजीमा निर्मलाहरु’ व्यानरमा सनिबार प्रधानमन्त्रीको सरकार निवास अगाडि बालुवाटार चोकमा प्रर्दशन गरिएको हो ।

न्याय मर्न नदिऔ, सत्य हार्न नदिऔ भन्ने नारा सहित उपस्थित प्रर्दशनकारीले शान्ति सुरक्षाको प्रत्याभुति दिन प्रहरी प्रशासन सहित गृहमन्त्री पनि असक्षम भएको दाबी गरे ।

उनीहरुले आपराधिक कार्यको अनुसन्धान गर्न प्रहरी असक्षम भएकाले प्रहरीलाई तत्काल अपराध अनुसन्धान सम्बन्धी विशेष तालिन दिन पनि माग गरे ।

पन्तको बलात्कार पछिको हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न माग गर्दे राजधानी लगायत मुलुकभर दिनहुँ प्रर्दशन भईरहेका छन् । तर घटनाको ५ महिना वितिसक्दा पनि सरकारले दोषि पक्राउ गर्न सकेको छैन ।

प्रहरीले अनुसन्धानको नाममा र्निदोषलाई नियन्त्रणमा लिई यातना दिएर अपराध कबुल गराउन लागि परेको भन्दै विरोध हुदै आएको छ ।

पछिल्लो समय प्रदिप रावल र विशाल चौधरीलाई अपराध कबुल गर्न दबाब दिदै प्रहरीले चरम यातना दिने काम गरेको भन्दै अधिकारकर्मीहरुले मानवअधिकार रक्षाप्रति संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराउदै आएका छन् ।

Logo