नेकपा स्थायी कमिटी बैठकबाट राजनीतिक प्रतिवेदन परिर्माजनसहित पास

नेकपा स्थायी कमिटी बैठकबाट राजनीतिक प्रतिवेदन परिर्माजनसहित पास

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले राजनीतिक प्रतिवेदन परिमार्जनसहित पास गरेको छ । शुक्रबार बिहान बसेको बैठकले अध्यक्षद्धयको राजनीतिक प्रतिवेदन परिर्माजनसहित पास गरेको हो ।

परिर्माजित प्रतिवेदन सचिवालयमा पेश हुने नेताहरुले बताएका छन् । संगठनात्मक एकताबारे गृहकार्य गर्न कार्यदल बनेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । कार्यदलमा महासचिव विष्णु पौडेल, रामबहादुर थापा बादल, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, बेदराम भुसाल र लेखराज भट्ट रहेका छन् ।

कार्यदलको प्रस्तावका आधारमा यो महिनाभित्रै अर्को स्थायी कमिटी बसेर संगठनात्मक काम सकाउने प्रवक्ता श्रेष्ठको भनाई छ ।

गएको शनिबारदेखि जारी बैठकमा ४५ सदस्यीय स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राखेका थिए । उनीहरुले वर्तमान सरकार, पार्टी सञ्चाल तथा समसामयिक विषयमा अआफ्नो धारणा राखेका थिए ।

Logo