समवेदना सन्देशमा बधाई दिने कर्मचारीलाई कारवाही गरिने

समवेदना सन्देशमा बधाई दिने कर्मचारीलाई कारवाही गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । परराष्ट्र मन्त्रालयले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट बुधबार जारी विज्ञप्तिमा त्रुटी गर्ने कर्मचारीलाई कारबाही गर्ने जनाएको छ ।

परराष्ट्रमन्त्रीको निजी सचिवालयबाट बिहीबार जारी गरिएको विज्ञप्तिमा त्रुटी कसरी भयो भन्ने विषयमा स्पष्टीकरण माग गरिएको उल्लेख गरिएको छ । सत्य तथ्य पत्ता लागेपछि संलग्नलाई कारबाही गरिने प्रस्ट्याइएको छ।

इण्डोनेशियामा गएको सुनामीसम्बन्धी समवेदना सन्देशको सन्दर्भमा परराष्ट्र मन्त्रालयबाट जारी प्रेस विज्ञप्तिमा भएको त्रुटी र त्यसप्रति आमसञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका प्रतिक्रियाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

परराष्ट्र मन्त्रालयले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट बुधबार जारी विज्ञप्तिमा सुनामीबाट सयौंको ज्यान गएकोमा बधाई दिईएको थियो ।

इण्डोनेशियामा गएको सुनामीमा परेर सयौं मानिसको ज्यान गएकोमा समवेदना दिनुपर्नेमा सुभकामना दिएपछि त्यसको चर्को आलोचना भईरहेको छ ।

लाजमर्दो ! सुनामीबाट सयौंको मृत्यु भएकोमा राष्ट्रपतिको वधाई

Logo