सीके राउतसँग वार्ता गर्नु नपर्ने, विप्लवको गतिविधि नियन्त्रण गर्नुपर्ने निष्कर्ष

सीके राउतसँग वार्ता गर्नु नपर्ने, विप्लवको गतिविधि नियन्त्रण गर्नुपर्ने निष्कर्ष

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । ‘राजनीतिक वार्ता टोली’ ले आफ्नो प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । गएको भदौ ८ गते मन्त्रिपरिषदले सोमप्रसाद पाण्डेको संयोजकत्वमा ५ सदस्यीय राजनीतिक वार्ता टोली गठन गरेको थियो ।

सिंहरदरबारमा बिहीबार पत्रकार सम्मेलन गर्दै संयोजक पाण्डेले २३ वटा विभिन्न समूहसँग औपचारिक वार्ता गरेको जानकारी दिए । त्यस्तै तीनवटा समूहले आफूसँग भएको हतियार बुझाएर मूलधारको राजनीतिमा प्रवेश गरेको संयोजक पाण्डेले बताए ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहसँग वार्ता टोलीका संयोजक र सदस्यहरुले पटक–पटक वार्ताको प्रयास गरे पनि चासो नदेखाएको संयोजक पाण्डेको भनाई छ ।

विप्लव समूहसँग आउँदो दिनमा वार्ताका लागि प्रयास गरिने बताए । विप्लव समूहले गरेका अवैधानिक गतिविधि नियन्त्रण गरी कानुन कार्यान्वयन प्रक्रियालाई कडाईका साथ अगाडि बढाउन उपयुक्त हुने टोलीको निष्कर्ष छ ।

त्यस्तै नेपालको राष्ट्रिय एकता, सार्वभौमसत्ता, अखण्डतालगायत संविधान तथा राज्यविरुद्ध गतिविधि गर्ने सीके राउत समूहसँग वार्ता गर्नु नपर्ने टोलीको निष्कर्ष छ ।

 

Logo