चैत्रभित्र ‘अर्ली’ महाधिवेशन गर्न सिटौलाको माग, देउवा र पौडेललाई नेता नमान्ने

चैत्रभित्र ‘अर्ली’ महाधिवेशन गर्न सिटौलाको माग, देउवा र पौडेललाई नेता नमान्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले ‘अर्ली’ महाधिवेशन बोलाउन माग गरेका छन् । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई आफुले नेता मान्ने अवस्था नरहेको भन्दै चैतभित्रै पार्टीको महाधिवेशन बोलाउन सभापति देउवासँग माग गरेका हुन् । ‘उहाँहरु (देउवा र पौडेल) दुबैमा नेतृत्व गर्ने क्षमता देखिएन । त्यसकारण म उहाँहरुलाई नेता मान्न सक्दिन । त्यो क्वालिटी उहाँहरुमा छैन ।’

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेता सिटौलाले आगामी चैत महिनाभित्र पार्टीको १४ औं महाधिवेशन नबोलाए कांग्रेस कमजोर हुने दावी गरे ।

‘आगामी चैत महिनाभित्र महाधिवेशन गर्नेगरी कार्यतालिका सार्वजनिक गर्न म नेतृत्वलाई आग्रह गर्छु । यदि महाधिवेशन गर्न सकिँदैन भने संक्रमणकालीन प्रवन्धका आधारमा भएपनि नयाँ नेतृत्व चयन गर्नुपर्छ’, उनले भने ।

नेता सिटौलाले कांग्रेसमा हिन्दु राज्यको आवाज उठेपनि त्यो अहिलेको सन्दर्भमा जायज नभएको बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार संसदमा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाए ।

नेकपाका अध्यक्ष प्रचण्डले बुधबार संसदको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दा कम्युनिष्ट लोकतान्त्रिक पद्दतिमा छिटो छरितो काम हुन नसकेको भन्दै कम्युनिस्ट प्रणाली भए ड्याम ड्याम विकास गर्न सकिने बताएका थिए ।

Logo