अन्ततः दूरसञ्चार प्राधिकरणका अध्यक्ष झाले राजीनामा दिए

अन्ततः दूरसञ्चार प्राधिकरणका अध्यक्ष झाले राजीनामा दिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले पदबाट राजीनामा दिएका छन्। झाको नियुक्तीलाई लिएर सत्तारुढ नेकपा र सरकारबाहिर चर्को आलोचना भइरहेका बेला बुधवार साँझ राजीनामा दिएका हुन् ।

नेकपाका ४३ जनाले स्थायी कमिटीमा झालाई बर्खास्त गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । उनले बुधबार सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई राजीनामा बुझाएका हुन्। सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामको पुष्टि गरे।

केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले नै उनलाई अध्यक्ष बनाएको थियो। वर्तमान सरकारले नै उनलाई कार्यसम्पादनमा असफल देखिएको भन्दै पदबाट हटाए पनि दोहोर्‍याएर ल्याएको थियो। सरकारले उनलाई भदौ २१ गते प्राधिकरणको अध्यक्षमा पुनर्नियुक्ति दिइएको थियो।

झाको नियुक्तिको विषयलाई लिएर सत्तारुढ नेकपाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि कडा आलोचना भएको थियो। पार्टीभित्रैबाट उनको नियुक्तिलाई लिएर आलोचना भएको भन्दै प्रधानमन्त्री झालाई नबोक्ने मनस्थितिमा पुगेका थिए।

Logo