राजेन्द्र महतोको व्यंग, ‘टोल टोलमा पुग्नुपर्ने सरकार पोल पोलमा पुग्यो’

राजेन्द्र महतोको व्यंग, ‘टोल टोलमा पुग्नुपर्ने सरकार पोल पोलमा पुग्यो’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले सरकारप्रति व्यंग प्रहार गरेका छन् । टोलमा टोलमा पुग्नुपर्ने सरकार पोल पोलमा पुगेको भन्दै व्यंग प्रहार गरेका हुन् ।

संसदको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै महतोले जनताबाट निर्वाचित रेशम चौधरीलाई अहिलेसम्म संसदमा उपस्थित नगराउनु विभेद भएको बताए ।

जनयुद्धमा हजारौं मान्छे मारिएपनि प्रचण्ड र माओवादी नेताहरुलाई कुनै मुद्दा नलागेको तर, थारुले आन्दोलन गर्दा रेशम चौधरी लगायतलाई जेलमा राखेको भन्दैं आक्रोश पोखे । उनले भने, ‘प्रचण्डजी दुई ढंगको व्यवहार नगर्नुस् र यसलाई गम्भीरतापूर्वक लिनुस् ।’

राम्रो काम गरोस् भनेर सरकारलाई समर्थन गरेको तर, दुई तिहाईको सरकार ‘खुँदा पहाड, निकला चुहा’ भने झै भएको टिप्पणी गरे ।

Logo