ओलीलाई देउवाको प्रश्न, ‘अरुले गरेको कामलाई पनि मैले गरेको भन्नलाई लाज लाग्दैन्’

ओलीलाई देउवाको प्रश्न, ‘अरुले गरेको कामलाई पनि मैले गरेको भन्नलाई लाज लाग्दैन्’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको कडा आलोचना गरेका छन् । संघीय संसदको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्माओली प्रति कडा व्यंग प्रहार गरेका हुन् ।

उनले प्रधानमन्त्री नै हलुका खालको भएको टिप्पणी गर्दै यसरी देशको विकास नहुने दावी समेत गरे । कञ्चनपुरकी बालिका निर्मला पन्तले न्याय नपाएको भन्दै सभापति देउवाले भने, ‘निर्मलाले अहिलेसम्म न्याय पाईनन् । कहिले चौधरीलाई, कहिले रावललाई पक्रेको छ। जबरजस्ती अपराध कबुल गर्न लगाएको छ। यसबाट सरकारले नै निर्मलाको हत्यारालाई बचाउन खोजेको स्पष्ट हुन्छ।’

धर्म प्रचार गर्ने संस्थाको कार्यक्रम सरकार नै आयोजक बनेकोप्रति पनि आपत्ति प्रकट गरे। राज्यको कुनै धर्म नहुने उल्लेख गर्दै उनले सबै धर्मको कार्यक्रम सरकारले आयोजना गर्नै नसक्ने तर्क गरे।

आफ्नो नेतृत्वको सरकारले ल्याएको सामाजिक सुरक्षा कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीले पोलपोलमा पोस्टर टाँसेर आफूले ल्याएको भनी प्रचार गरेकोमा व्यङ्ग्य गरे। उनले भने, ‘सामाजिक सुरक्षा कार्यक्रम मेरो सरकारले ल्याएको हो। तर आफैले गरेजस्तै अहिलेको सरकारले पोलपोलमा पोस्टर टाँसेर प्रचार गरे। हद हुन्छ नि। मैले गर्‍या भन्नलाई आफैले गर्ने नि।’

मिलिनियम च्यालेन्ज कर्पोरेसनको पाँच सय मिलियन अमेरिकी डलर सहयोग पनि आफ्नै सरकारका अर्थमन्त्री ज्ञानेन्द्र कार्कीको पालामा हस्ताक्षर गरेको उल्लेख गर्दै अहिलेको सरकारले आफैले गरेको भन्दै जग हसाउने काम गरेको आरोप लगाए ।

हालै कर्मचारीले गरेको आन्दोलनको विषयलाई पनि उठाए। उनले कर्मचारी स्थायी सरकार भएको उल्लेख गर्दै वर्तमान सरकारले कर्मचारीलाई दुख दिने काम गरेको आरोप लगाए।

देउवाले वाइडबडी प्रकरणबारेसमेत आफ्नो दलले नछाड्ने चेतावनी दिए। वाइडबडी प्रकरणको वास्तविकता के हो ?’, देउवाले भने, ‘यो सबैकुरा जनताले थाहा पाउनुपर्यो। यसको सत्यतथ्य बाहिर ल्याउनुपर्छ। यो बाहिर नल्याए सरकारलाई हामी त्यत्तिकै छोड्नेवाला छैनौँ।’

Logo