चौतर्फी आलोचित ओलीलाई प्रचण्डको दरिलो साथ (भिडियोमा)

चौतर्फी आलोचित ओलीलाई प्रचण्डको दरिलो साथ (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारको बचाऊ र प्रचारमा एकतावद्ध भएर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन् ।

पार्टी स्थायी समिति बैठकमा नेताहरुबाटै सरकारको चर्को आलोचना भएपछि अध्यक्ष दाहालले बुधबारको बैठकमा सरकारको रक्षा र प्रचारमा दृढतापूर्व लाग्न पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका हुन् ।

पार्टी स्थायी समितिका सदस्यहरुले राजनीतिक प्रतिवेदनमाथि उठाएका प्रश्नको जवाफ दिँदै उनले बैठकमा व्यक्त विचार, सुझाव र आलोचनालाई समावेश गर्दै सो प्रतिवेदनलाई परिमार्जन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

स्थायी समितिका सदस्यहरुले राखेको विचार, सुझाव र आलोचनालाई समेत समावेश गरेर राजनीतिक प्रतिवेदनलाई पूर्णता दिने प्रतिवद्धता अध्यक्ष दाहालले व्यक्त गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

Logo