नेकपा बैठकमा प्रचण्डको पौने दुई घण्टा लामो जवाफ

नेकपा बैठकमा प्रचण्डको पौने दुई घण्टा लामो जवाफ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले पार्टीको जारी स्थायी समिति बैठकमा आफ्नो धारणा राखेका छन् । मंगलबार बिहान बसेको बैठकमा अध्यक्ष प्रचण्डले पार्टी र सरकारलाई सफल बनाउनका लागि जारी स्थायी समिति बैठक ऐतिहासिक भएको बताए ।

उनले दुई अध्यक्षले संयुक्त रुपमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनबारे पार्टीका नेताहरुले दिएको सुझावलाई समेट्दै परिमार्जन गरेर त्यसलाई पारित गर्नुपर्ने धारणा राखेका थिए । प्रचण्डले करिब पौने दुई घण्टा धारणा राखेका हुन् ।

त्यस्तै प्रधानमन्त्री केपी ओलीले पनि बैठकमा घारणा राख्ने कार्यतालिका रहेको थियो । तर, समय अभाव भएपछि अध्यक्ष ओलीले भोलि मात्र आफ्नो धारणा राख्ने भएका छन् ।

Logo