हिन्दु राष्ट्र पुर्नस्थापनाका लागि फागुन ७ बाट राप्रपाले आन्दोलन गर्ने

हिन्दु राष्ट्र पुर्नस्थापनाका लागि फागुन ७ बाट राप्रपाले आन्दोलन गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर हिन्दु राष्ट्र पुर्नस्थापनाका लागि देशभर आन्दोलन गर्ने घोषणा गरेका छन् ।

सो आन्दोलन सरकारविरुद्ध नभई मुलुकको राष्ट्रिय एकता र पहिचानलाई सुदृढ बनाउन रहेको स्पष्ट पारे । मंगलबार काठमाडौंमा आयोजित एक धार्मिक भेलालाई सम्बोधन गर्दैै अध्यक्ष थापाले सो आन्दोलनमा सहभागी हुन सनातन धर्ममा विश्वास राख्ने सबै राजनीतिक दल तथा धार्मिक संघ, संस्थाहरुलाई आह्वान गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकको राष्ट्रिय पहिचानका लागि हिन्दु राष्ट्र पुर्नस्थापना हुर्नैपर्ने दावी गर्दै आएको छ । अध्यक्ष थापाले मुलुकको स्वाभिमान र राष्ट्रिय पहिचान तथा राष्ट्रिय एकताका लागि पनि हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापना गर्नुको विकल्प नरहेको दावी गरे ।

Logo