जेष्ठ कर्मचारीहरुको नामावली सार्वजनिक, पहिलो चरणमा सहसचिवको पालो

जेष्ठ कर्मचारीहरुको नामावली सार्वजनिक, पहिलो चरणमा सहसचिवको पालो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जेष्ठ कर्मचारीहरुको नामावली सार्वजनिक गरेको छ । मन्त्रालयले सुरुमा प्रशासन सेवातर्फका सहसचिवहरुको नामावली सार्वजनिक गरेको हो । कर्मचारी समायोजन प्रक्रिया अगाडि बढिरहेको बेला २ सय २५ सहसचिवहरुको नामावली सार्वजनिक गरिएको हो ।

नामावलीको पहिलो नम्बरमा चुडामणि शर्मा छन् । तत्कालिन कर फर्छ्यौट आयोगको सदस्यसचिव रहेका शर्मामाथि भ्याट छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले छानबिन गरेपछि अतिरिक्त समूहमा छन् ।

शर्मापछि दोस्रो नम्बरमा रामप्रसाद थपलिया, तेस्रो नम्बरमा वीरेन्द्रकुमार यादव, चौथो नम्बरमा दीपक सुवेदी र पाँचौं नम्बरमा चन्द्रमान श्रेष्ठ छन् ।

सरकारले कर्मचारीहरुको समायोजनको मुख्य आधार जेष्ठतालाई मानेको छ । सुरुमा सहसचिवस्तरका कर्मचारीहरुको सूची सार्वजनिक गरिएको र अन्य पदका कर्मचारीहरुको पनि क्रमशः सूची सार्वजनिक गर्दै जाने मन्त्रालयले जनाएको छ ।

नामावली हेर्न यहाँ क्लिक गर्नुहोसः

Logo