जनताले दिने सहयोग दिइसके, अब जनताको सहयोग गर्नुपर्छः प्रधानमन्त्री

जनताले दिने सहयोग दिइसके, अब जनताको सहयोग गर्नुपर्छः प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले शुसासन र विकासको नेतृत्व लिन सबै सरकारी निकायलाई निर्देशन दिएका छन् ।

जनताले सरकारलाई आफ्नो मत दिएर सहयोग गरिसकेको भन्दै उनले शुसासन र विकासको नेतृत्व गर्ने दायित्व र जिम्मेवारी सरकार र सरकार मातहतका निकायको भएको बताएका हुन् ।

आईतबार काठमाडौंमा सरकारी वकीलहरुको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अपराधमुक्त समाज निर्माणमा नेतृत्वदायी भुमिका निर्वाह गर्न महान्यायाधिवक्ता र मातहतका निकायलाई आग्रह गरेका हुन् । समाजलाई अपराधमुक्त बनाउन प्रभावकारी अनुसन्धान गरि अभियोजनमा जानुपर्नेमा उनले जोड दिए ।

प्रधानमन्त्री ओलीले चुनाव मार्फत मुलकमा राजनीतिक स्थिरता र स्थायित्व कायम भएकाले अस्थिर राजनीतिमा चलखेल गर्ने सबै किसिमका क्रियाकलाप अन्त्य भएको दाबी गरे । विकास र सम्वृद्धी हासिल गर्ने सवालमा सरकारसंग स्पष्ट दृष्टिकोण सहितका नीति भएको पनि उनले उल्लेख गरे ।

३ दिनसम्म चल्ने सम्मेलनमा फौजदारी संहिताको प्रभावकारी कार्यान्वयनका सम्बन्धमा छलफल गरि साझा धारणा तय गरिनेछ । सम्मेलनमा महान्यायाधिवक्ता, २३ जना सहमहान्यायाधिवक्ता सहित ३ सय ७९ जना सरकारी वकिल र ८० बढी प्रतिनिधिहरु पर्यवेक्षकको रुपमा सहभागी छन् ।

Logo