कांग्रेस महासमिति बैठकमा किन तुहियो ‘हिन्दू राष्ट्र’ को प्रस्ताव ?

कांग्रेस महासमिति बैठकमा किन तुहियो ‘हिन्दू राष्ट्र’ को प्रस्ताव ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । समसामयिक विषयसम्बन्धी प्रस्ताव पारित गर्दै नेपाली कांग्रेस महासमिति बैठक आईतबार सकिएको छ । महासमिति बैठकबाट कांग्रेसले सरकार लम्पसारवादमा परिणत भएको दाबी गरेको छ । महासमिति बैठकमा सबैभन्दा पेचियो विषय बनेको थियो, ‘हिन्दू राष्ट्र’ को प्रस्ताव । तर उक्त अन्ततः तुहिएको छ ।

पार्टीका १७ सय महासमिति सदस्यमध्ये सात सय १६ जनाले हस्ताक्षर गरेर सभापति शेरबहादुर देउवालाई बुझाएका थिए । झण्डै ५० प्रतिशत महासमिति सदस्यसहित एक हजार पाँच सय जना कांग्रेस कार्यकर्ताले हिन्दू राष्ट्रको पक्षमा हस्ताक्षर गरेका थिए ।

शुक्रबार हस्ताक्षर बुझ्दै देउवाले आफू ‘यो विषयमा गम्भीर भएको’ प्रतिक्रिया दिएका थिए । तर नत देउवाले उक्त प्रस्तावलाई छलपलको लागि स्थान दिए, नत महासमिति बैठकबाट पारित गरियो ।

बैठकबाट पारित नभएपनि उक्त मुद्दा राष्ट्रियकरण भईसकेको कांग्रेस नेताहरुको बुझाई छ । उनीहरुले अब यो मुद्दा पार्टीको मात्र नभए समग्र नेपालीको मुद्दा भएको जिकिर गरेका छन् ।

हस्ताक्षर अभियानमा सहभागी केन्द्रीय सदस्य पुष्पा भुसालले हिन्दूराष्ट्रको मुद्दा केवल कांग्रेसको मात्र नभएर समग्र राष्ट्रको भईसकेको दाबी गरिन् ।

‘हिन्दू राष्ट्रको विषय पार्टीगत मात्र नभई राष्ट्रिय मुद्दा बनिसक्यो, केन्द्रीय समिति र नवलपरासीको महासमिति बैठकमा पनि उठाएका थियौं, अब पनि उठिरन्छ,’ उनले भनिन् ।

त्यस्तै बैतडीका कांग्रेस महासमिति सदस्यय उत्तरबहादुर ऐरले पनि उक्त विषय अब राष्ट्रियकरण भईसकेको दाबी गरे । अब यो विषयले जहाँतही चर्चा पाउने उनको दाबी छ ।

Logo