भिडियोमा हेर्नुहोस कांग्रेसलाई प्रचण्डको यस्ता चेतावनी

भिडियोमा हेर्नुहोस कांग्रेसलाई प्रचण्डको यस्ता चेतावनी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कांग्रेसले हिन्दू राष्ट्र खोजेपछि प्रचण्डको यस्तो आपत्ति सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले काँग्रेस भित्र हिन्दु राज्यको पक्षमा बहस सुरु भएकोमा आपत्ति जनाएका छन् ।

प्रमुख प्रतिपक्ष दल काँग्रेस महासमितिको जारी बैठकमा हिन्दु राज्यको पक्षमा पनि बहस सुरु भईरहेका बेला अध्यक्ष दाहालले त्यसप्रति आपत्ति जनाएका हुन् ।

जनताको ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त धर्म निरपेक्षताबाटपछि हटेको हो भने काँग्रेस समाप्त भएर जाने चेतावनी दिए । अध्यक्ष दाहालले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीता अहिलेको संविधानको मूख्य खम्बा रहेको उल्लेख गर्दै त्यसको एउटा खम्बा भत्काएर सिँगै घर भत्काउने दुस्साहस नगर्न काँग्रेस नेतृत्वलाई सचेत गराए ।

वर्तमान संविधानको ‘पिता’ ठान्ने काँग्रेसले पार्टीका तत्कालीन सभापति शुशिल कोइरालालाई ‘स्वर्ग’ बाट ‘नर्क’ मा झार्न हिन्दु राज्यको पक्षमा बहस सुरु गरेको अध्यक्ष दाहालको दावी छ ।

Logo