कम्युनिष्टलाई कांग्रेसको प्रहार:- ‘होली वाइन पिउने अनि हामीलाई धर्म सिकाउने ?’

कम्युनिष्टलाई कांग्रेसको प्रहार:- ‘होली वाइन पिउने अनि हामीलाई धर्म सिकाउने ?’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसले धर्मका बारेमा आफूहरुलाई नपढाउन कम्युनिष्ट नेताहरुलाई चेतावनी दिएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएका हुन् ।

सनातन धर्म संस्कृति परम्परा विपरित गएर एउटा निश्चित धर्मको प्रचारमा सरकारका संयन्त्र प्रयोग गरेर सनातन धर्मको पक्षमा उभिएको कांग्रेसलाई पाठ पढाउने भन्दै प्रवक्ता शर्माले त्यस्तो नगर्न चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री सहआयोजक जस्तो बनेर होटलमा बस्दैं होली वाइनका नाममा मिल्ने नमिल्ने कुरा ग्रहण गर्नेहरुले धर्मको कुरा गर्न नसुहाउने जिकिर गरे । “सनातन धर्म संस्कृति परम्परा विपरित गएर एउटा निश्चित धर्मको प्रचारमा सरकारका संयन्त्रको प्रयोग हुन्छ । प्रधानमन्त्री सहआयोजक जस्तो गरेर होटलमा बस्छन् । होली वाइनका नाममा मिल्ने नमिल्ने कुरा ग्रहण गर्छन्, ।” उनले भने ।

धर्म अफिम हो भनेर बाल्यकाल सुरुवात गरेकाहरुले धर्म, कर्म र संस्कृतिका बारेमा नेपाली कांग्रेसलाई पढाइरहनु नपर्ने बताए । जसले धर्म अफिम हो भनेर बाल्यकाल सुरुवात गर्नुभएको छ । उहाँहरुले धर्म, कर्म र संस्कृतिका बारेमा नेपाली कांग्रेसलाई पढाइरहनु पर्दैन ।”

Logo