जब माधव नेपाल बोलिरहँदा भीम रावल जुरुक्क उठे…

जब माधव नेपाल बोलिरहँदा भीम रावल जुरुक्क उठे…

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । क्रिश्चियन धर्म प्रचारक संस्थाले आयोजना गरेको एसिया प्यासिफिक सम्मेलनको सत्तारुढ दल नेकपा नेता भीम रावल सुरुदेखि नै विरोध गर्दै आएका छन् ।

नेपालमा उक्त सम्मेलन आयोजना गर्नु र नेपाल सरकार नै सह-आयोजक बन्नु गलत भएको भन्दै प्रतिवादमा उत्रिदैं आएका हुन् । उनि सम्मेलन आयोजनाकर्ता नेकपा वरिष्ठ नेता माधव कुमार नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मआलोचना गर्नुपर्ने माग गर्दै आएका छन् ।

यो विषयले नेकपा सचिवालय बैठकमा पनि प्रवेश पाएको छ । यो विषयमा नेता नेपालले आफ्नो धारणा राखेका छन् । आईतबारको बैठकमा आफ्नो स्पष्टिकरणसहितको धारणा राख्ने क्रममा नेता नेपालले सम्मेलनले नेपालको शीर ठाडो पारेको दाबी गरे ।

उनले यस्तो भनिरहेका बेला नेता रावल जुरुक्क उठेर प्रतिवाद गरे । उनले प्रतिवाद गर्दा दुई नेताबीच भनाभन समेत भएको थियो । भीम रावल, घनश्याम भुषाल, वेदुराम भुषाल, अग्नि सापकोटा, लगायतका नेताहरुले क्रिश्चियन धर्म प्रचारको संस्थामा किन गएको भनेर विरोध गरेका थिए ।

नेता नेपालले कार्यक्रममा सहभागी हुँदैमा देशको शिर ननिहुरिने बताए । नेता नेपालले यस्तो भनिरहँदा नेताहरु नारायणकाजी श्रेष्ठ, भीम रावल, अग्नि सापकोटा, बेदुराम, घनश्याम भुषाल, योगेश भटटराई र रघुजी पन्तहरुले सम्मेलनमा सरकार नै आयोजकमा बन्नु तथा नेताहरु सहभागी हुनु गम्भीर गल्ती भएको दाबी गरेका थिए ।

Logo