नेकपा सचिवालय बैठक अपरान्ह पुनः बस्ने, ओली-प्रचण्डले जवाफ दिने

नेकपा सचिवालय बैठक अपरान्ह पुनः बस्ने, ओली-प्रचण्डले जवाफ दिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपा केन्द्रीय सचिवालयको बैठक आज अपरान्ह ४ बजे फेरि बस्ने भएको छ। २९ मंसिरदेखि जारी बैठकमा सबै सचिवालय सदस्यहरुले आ आफ्नो धारणा राख्ने क्रम सकिएको छ ।

अमेरिका भ्रमणबाट शनिबारमात्र स्वदेश फर्केका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आजको बैठकमा आफ्नो धारणा राखेका थिए । अब साँझ ४ बजे बस्ने बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनेछन् ।

यसअघि आज विहानको बैठकमा स्थायी समितिका सदस्यहरुले उठाएका प्रश्नको अध्यक्षद्वयले जवाफ दिने कार्यक्रम थियो।

परराष्ट्रमन्त्री ज्ञवालीले पनि बैठकमा आफ्नो धारणा राख्दा अध्यक्षद्धयले साँझको बैठकमा सचिवालय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

Logo