कांग्रेसको बिधान पारित हुँदै, महासमिति बैठक सकिंदै (प्रस्तावित बिधानसहित)

कांग्रेसको बिधान पारित हुँदै, महासमिति बैठक सकिंदै (प्रस्तावित बिधानसहित)

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको जारी महासमिति बैठक आज सम्पन्न हुने भएको छ । महासमिति बैठकमा शनिबार पेश गरिएको विधानमाथि आज छलफल गर्दै पारित गर्ने तयारी भैरहेको छ।

विधान संशोधन मस्यौदा समितिका संयोजक तथा महामन्त्री पूर्णबहादुर खड्काले शनिबार विधान संशोधन प्रस्ताव पेस गरेका थिए । विधान मस्यौदामाथि चार दिनसम्म सहमति जुटेको थिएन।

संशेधन प्रस्ताव पारित भए कांग्रेसमा अब १४ जना पदाधिकारीसहित १६८ सदस्यीय केन्द्रीय कार्यसमिति हुनेछ । जसमा सभापति, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ७ (समावेशी) र कोषाध्यक्ष पदाधिकारी रहने छन् । कोषाध्यक्षलाई सभापतिले निर्वाचित केन्द्रीय कार्यसमितिबाट मनोनित गर्नेछ ।

संशोधित बिधान पढ्न यहाँ क्लिक गर्नुहोस्

Logo