पोखरामा पूर्वराजा ज्ञानेन्द्र र कमल थापाबीच भेटवार्ता

पोखरामा पूर्वराजा ज्ञानेन्द्र र कमल थापाबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । विगत केहीदेखि पोखराको नीति भ्रमणमा रहेका पूर्व राजा शाह र अध्यक्ष थापाबीच शुक्रबार बिहान सवा घण्टा भेटवार्ता भएको राप्रपा नौ बजेदेखि सवा दश बजेसम्म भेटवार्ता भएको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

शाह र थापाबीच पोखराको माउन्ट ग्लोरी रिर्सोटमा बिहान ९ बजेदेखि सवा १० बजेम्म भेटवार्ता भएको हो । भेटमा पूर्व राजा शाहले मुलुकको पछिल्लो राजनीतिक अवस्था र घटनाक्रमहरुका बारेमा अध्यक्ष थापासँग चासो राखेको सहायक महामन्त्री बर्तौलाको भनाई छ ।

मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे पूर्वराजा एकदमै चिन्तित रहेको बताउँदैं त्यसको लागी केही गर्नुपर्ने बेला आएको बताएका थिए । बर्तोलाका अनुसार अध्यक्ष थापासँग राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादीबीचको एकता प्रयासका बारेमा भइरहेको प्रगतिबारे समेत सोधेका थिए ।

भेटवार्तामा हिन्दु राष्ट्र, धर्म परिवर्तन तथा पार्टीहरुका गतिविधिप्रति कुराकानी भएको बर्तौलाको भनाई छ । थापा र शाहबीचको यो भेटवार्ता राजनीतिक रुपमा अर्थपूर्ण रहेको छ । थापा प्रशिक्षण कार्यक्रममा भाग लिन पोखरा पुगेका छन् ।

Logo