नेकपा बैठकमा नेताहरुको प्रश्न, डेढ अर्बको हेलिकोप्टर किन चढ्नुपर्‍यो ?

नेकपा बैठकमा नेताहरुको प्रश्न, डेढ अर्बको हेलिकोप्टर किन चढ्नुपर्‍यो ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा नेताहरुले उठाएको प्रश्नको जवाफ अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले आईतबार दिने भएका छन् । आजको बैठकमा स्थायी समितिका ७ जना नेताहरुले अध्यक्षद्वयको प्रतिवेदनमाथि आ आफ्नो धारणा राखेका थिए।

अध्यक्षद्वयको प्रतिवेदनमाथि सुरु भएको छलफलमा ४१ जनाले बोलिसकेका छन् । शुक्रबारको बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेलसहित ७ जनाले बोलेका छन् । बाँकी नेताहरुले भोलि आफ्नो धारणा राख्नेछन् ।

स्थायी समितिका सदस्यहरुले बोल्ने क्रम सकिएपछि पर्सि आइतबार अध्यक्षद्वय ओली – प्रचण्डले जवाफ दिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आजको बैठकमा नेताहरुको आचरण र जीवनशैलीबारे प्रश्न उठेको छ । नेताहरुको जीवनशैली कम्युनिस्ट मूल्य मान्यता विपरीत देखिएको नेता अमृत बोहराले आरोप लगाए ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू कम्युनिस्ट पार्टीकै रहेका बेला विवादमा परिरहेको भन्दै बोहराले प्रश्न गरेका गरे । ‘माक्र्सवादी लेनिनवादी विचारधारामा विश्वास गर्ने कम्युनिस्ट पार्टीका नेताहरूको जीवनशैली त्यहीअनुसार हुनुपर्छ, विलासिता प्रदर्शन गर्ने जुन प्रवृत्ति देखिएको छ, यसको अन्त्य गर्नुपर्छ,’ उनले भने ।

मन्त्रीहरूले दोहोरो सुविधा लिएको र राष्ट्रपति–उपराष्ट्रपतिलाई महँगा गाडी तथा हेलिकप्टर खरिदको विषयले विवाद निम्त्याएको संकेत गर्दै बोहराले मुलुकको अवस्थाअनुसार न्यूनतम सुविधा प्रयोग गर्न ध्यानाकर्षण गराए ।

Logo