कमल थापाको दावी, ‘हिन्दु राष्ट्रको लागि पूर्व राजासँग पनि सहकार्य हुनसक्छ’

कमल थापाको दावी, ‘हिन्दु राष्ट्रको लागि पूर्व राजासँग पनि सहकार्य हुनसक्छ’

केन्द्रबिन्दु
0
Shares

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दु धर्मको रक्षाको लागि पूर्व राजासँग पनि सहकार्य गर्न सकिने संकेत दिएका छन् ।

पछिल्लो समय हिन्दु धर्ममाथि प्रहार भईरहेको भन्दै थापाले त्यसको लागि पूर्व राजासँग पनि सहकार्य गरेर अगाडि बढ्न तयार रहेको दाबी गरेका हुन् । उनले नेपाली कांग्रेस पनि ढिलो चाँडो हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा उभिने दाबी गरेका छन् ।

पोखरामा पूर्वराजा ज्ञानेन्द्र आउँदा देखिएको उपस्थितिले अझै पनि जनतामा राजसंस्थाप्रति आस्था र विश्वास रहेको पुष्टि गरेको थापाको दावी छ ।

शुक्रबार बिहान पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थापाले वीपी कोइरालाले प्रतिपादन गरेको हिन्दु राष्ट्र र राजसंस्थासहितको लोकतन्त्रमा कांग्रेस एकदिन आएरै छाड्ने विश्वास व्यक्त गरेका हुन् ।

अध्यक्ष थापाले आगामी फागुनबाट राप्रपा ‘जनसंघर्ष’ मा उत्रिने चेतावनी दिए । राप्रपाले आगामी फागुनबाट हिन्दु राष्ट्र निर्माणलाई प्रमुख मुद्दा बनाएर संघर्ष गर्ने चेतावनी दिएका हुन् । जन संघर्ष राजसंस्थाको पुर्नस्थापना, संघीयता खारेजी, भ्रष्टाचार नियन्त्रण, सुशासनका लागि पनि हुने बताए ।

Logo