कांग्रेस नेताहरु विधानमा सहमति नजिक, समावेशीलाई प्राथमिकता

कांग्रेस नेताहरु विधानमा सहमति नजिक, समावेशीलाई प्राथमिकता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेताहरु विधानमा सहमति नजिक पुगेका छन् । समावेशीताका आधारमा सात सहमहामन्त्री बनाउने गरी सहमति भईरहेको कांग्रेस नेताहरुले बताएका छन् ।

यसअघि भएको सहमति अनुसार पदाधिकारीमा समावेशी प्रतिनिधित्व नभएको भन्दै केन्द्रीय समितिको बैठकमा असन्तुष्टी व्यक्त भएपछि सात सहमहामन्त्री बनाउने तयारी भएको हो ।

महिला, मधेशी, मुश्लिम, आदिवासी जनजाति, दलित, खसआर्य र अल्पसंख्यक तथा अपाङ्गका तर्फबाट एक एक जना हुनेगरी सहमहामन्त्री बनाउने तयारी कांग्रेसको छ ।

उनीहरु सवै जना आ आफ्नो समुदायभित्रबाट प्रतिस्पर्धा गरेर निर्वाचित हुने व्यवस्था गर्न लागिएको हो । तीनै सहमहामन्त्रीहरु मध्ये एक एक जनालाई एक एक प्रदेशको नेतृत्व गर्नेगरी तोक्ने व्यवस्था गरिनेछ ।

सभापतिले आफ्नो विश्वास पात्रलाई कार्यबाहक जिम्मेबारी दिनुपर्ने भएकाले कम्तीमा एक जना उपसभापति मनोनयन गर्न पाउने व्यवस्थाका लागि देउवा पक्षले अडान लिन लागेको छ ।

यसअघि सहमति भए अनुसारका दुई–दुई जना उपसभापति र महामन्त्रीमध्ये एक–एक जना निर्वाचित र मनोनित गराउने वा दुई दुई जना निर्वाचित र थप एक जना मनोनित के गराउने भन्ने बारेमा पनि देउवा पक्षले विकल्प दिन लागेको हो ।

देउवा पक्षले तयार पारेको प्रस्तावमा पदाधिकारीहरुका बीचमा छलफल र संशोधन गराएर सहमति जुटेपछि केन्द्रीय समितिको बैठकमा पेश गरिने भएको छ । गत मंसिर २९ गतेदेखि चलिरहेको बैठक लम्बिदै गएपछि बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामै सारिएको छ ।

Logo