सरकारको चौतर्फी आलोचना पछि नेकपा भित्र खैलाबैला (भिडियोमा)

सरकारको चौतर्फी आलोचना पछि नेकपा भित्र खैलाबैला (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

नेकपा स्थायी समिति बैठकमासरकारलाई चारैतिरबाट आक्रमण भएको भन्दै प्रतिरक्षाका लागि रणनीतिक आधार तयार पार्नुपर्ने आवाज उठेको छ ।

पार्टी कार्यालय धुमबराहीमा विहिबार बसेको नेकपाको स्थानीय समिति बैठकमा सरकारले गरेका राम्रा कामहरु ओझेलमा परेको र चौतर्फी आक्रमण हुने गरेकाले सरकारको बचाउ गर्न रणनिति नै बनाएर अघि बढ्नुपर्ने आवाज उठेको हो ।

४ नम्बर प्रदेशका मुख्य मन्त्री समेत रहेका स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङले दुई तिहाईलाई बचाई राख्न तथा सरकारको प्रतिरक्षाका लागि बलियो नीति , संरचना र योजना तर्जुमा गर्नुपर्ने विषयमा छलफल केन्द्रीत भएको बताए ।

त्यसकालाई पार्टीले सहभागीतात्मक निर्णयलाई प्राथमिकतामा राख्न सदस्यहरुले नेतृत्वलाई सुझाव दिएको पनि उनले जानकारी दिए । उनले बाहिर आएजस्तो विमतिका विषय पार्टी भित्र नभएको दाबी पनि गरे ।

स्थायी समिति सदस्य योगेश भट्टराईले पार्टीको निर्णयमा गुटउपगुट भन्दा सबैको सहभागीतालाई प्राथमिकतामा राख्नुपर्ने बारेमा छलफल भएको जानकारी दिए । उनले सरकारको विकल्प नभएको दाबी गर्दै यसको संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गरे ।

विहिबारको बैठकमा किरण गुरुङ, पेशल खतिवडा, अमृत बोहरा, पम्फा भुसाल, लिलामणि पोख्रेल, चक्रपाणी खनाल,, मात्रिका यादव, विष्णु रिमालले अध्यक्षको प्रतिवेदनमाथि धारणा राखेका छन् । अर्को बैठक भोली बिहान ८ बजेका लागि बोलाईएको छ ।

Logo