चौतर्फी सरकारको आलोचनापछि ‘एक्सन प्लान’ बनाउँदैं नेकपा (भिडियोमा)

चौतर्फी सरकारको आलोचनापछि ‘एक्सन प्लान’ बनाउँदैं नेकपा (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपा स्थायी समिति बैठकमासरकारलाई चारैतिरबाट आक्रमण भएको भन्दै प्रतिरक्षाका लागि रणनीतिक आधार तयार पार्नुपर्ने आवाज उठेको छ ।

पार्टी कार्यालय धुमबराहीमा विहिबार बसेको नेकपाको स्थानीय समिति बैठकमा सरकारले गरेका राम्रा कामहरु ओझेलमा परेको र चौतर्फी आक्रमण हुने गरेकाले सरकारको बचाउ गर्न रणनिति नै बनाएर अघि बढ्नुपर्ने आवाज उठेको हो ।

४ नम्बर प्रदेशका मुख्य मन्त्री समेत रहेका स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङले दुई तिहाईलाई बचाई राख्न तथा सरकारको प्रतिरक्षाका लागि बलियो नीति, संरचना र योजना तर्जुमा गर्नुपर्ने विषयमा छलफल केन्द्रीत भएको बताए ।

Logo