कांग्रेसका ७ सय १५ जना महासमिति सदस्य हिन्दु राष्ट्रका पक्षमा

कांग्रेसका ७ सय १५ जना महासमिति सदस्य हिन्दु राष्ट्रका पक्षमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका झन्डै आधा महासमिति सदस्य हिन्दु राष्ट्रको पक्षमा उभिएका छन्। महासमिति बैठकस्थल यगम्बर पार्टी प्यालेसमा चार दिनसम्म चलेको हस्ताक्षर अभियानमा उनीहरूले पार्टीले हिन्दु राष्ट्रलाई विधानमा राख्नुपर्ने पक्षमा दबाब दिँदै हस्ताक्षर गरेका छन् ।

उनीहरुले पार्टीको विधानमासँग संविधान संशोधन गरेर हिन्दु राष्ट्र राख्न माग गरेका हुन् । बैठकमा उपस्थित ७ सय १५ जना महासमिति सदस्यले धर्मनिरपेक्षता हटाएर देशलाई हिन्दु राष्ट्र कायम गर्न पार्टी नेतृत्वलाई दबाब हस्ताक्षर गरेका हुन् ।

उनीहरुले सभापति शेरबहादुर देउवालाई समेत हिन्दु राष्ट्रको पक्षमा वकालत गर्न दबाब दिएका छन् । धर्मनिरपेक्षाभन्दा धार्मिक स्वतन्त्रता भएको देशको रूपमा संविधानमा नै ब्याख्या गरिनुपर्ने महासमिति सदस्य तथा हिन्दु राष्ट्र निर्माण अभियानका लागि हस्ताक्षरकर्ता शंकर भण्डारीले जानकारी दिए ।

पार्टीको झण्डामा अंकित चार तारामध्ये एउटा ताराको अर्थ धार्मिक स्वतन्त्रता भएको उल्लेख गर्दै उनले ‘पार्टीको झण्डामै धार्मिक स्वतन्त्राको प्रतीक छ। कहाँबाट धर्म निरपेक्षता आयो ? झण्डामा भएको ताराको अर्थ स्वतन्त्रता हो, निरपेक्षता होइन, गलत ब्याख्या नगरौं।’

आठ जना केन्द्रीय सदस्य, सात सयभन्दा बढी महासमिति सदस्य, एक हजार आठ सय समर्थक, ३० जिल्ला सभापतिले हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर गरेका छन् ।

Logo