निर्मला काण्डका बारेमा आइजीपी खनालको पछिल्लो भाषण (भिडियोसहित)

निर्मला काण्डका बारेमा आइजीपी खनालको पछिल्लो भाषण (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध अनुसन्धानका लागि साधन, स्रोतको अभाव रहेको स्पष्ट पारेका छन् । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन अझै नसकेको भन्दै प्रहरीको आलोचना भईरहेका बेला उनले अपराध अनुसन्धानका लागि प्रविधिसहितका स्रोत, साधनको अभाव रहेको प्रतिक्रिया दिउका हुन् ।

बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पर्याप्त स्रोत, साधानको व्यवस्थापनमा ध्यान दिएर मात्रै अपराध अनुसन्धानको कामलाई प्रभावकारी बनाउन पनि राज्यका सबै निकायको ध्यानाकर्षण गराए ।

प्रहरी महानिरीक्षक खनालले अपराध नियन्त्रणको काममा प्रहरीलाई मात्रै औंला ठडयाउने काम भईरहेको गुनासो पनि गरेका छन् । राज्यका सबै निकाय सचेत रहेमात्र अपराध अनुसन्धानको काम प्रभावकारी हुने उनको भनाई थियो । यसअघि उनले संसदमा समेत स्पष्टिकरण दिएका थिए ।

Logo