चिनी उद्योगीलाई अर्थमन्त्री खतिवडाको चेतावनी

चिनी उद्योगीलाई अर्थमन्त्री खतिवडाको चेतावनी

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले उपभोक्तालाई मारमा पार्ने काम नगर्न चिनी उद्योगीहरुलाई सचेत गराएका छन् ।

राज्यबाट सेवा, सुविधा र अनुदान लिने अनि उपभोक्तालाई मार मार्ने काम चिनी उद्योगीहरुले गरिरहेको अर्थमन्त्री खतिवडाको गम्भिर आरोप छ ।

बुधबार प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा बोल्दै उनले उखु कृषकलाई प्रोत्साहित नगरे चिनीको उत्पादन कसरी बढाउन सकिन्छ ? भनि चिनी उद्योगीहरुलाई प्रश्न पनि गरे । चिनी उद्योगीहरुले उखु कृषकहरुको वक्यौता रकम अझै नदिएको पनि पनि अर्थमन्त्री खतिवडाको आपत्ति छ ।

अर्थमन्त्री खतिवडाले स्वदेशी कृषि उद्योगको प्रोत्साहनका लागि सरकारले चिनी आयातमा प्रतिबन्ध गराउनु परेको पनि स्मरण गराए । उनले कृषिजन्य उत्पादनमा अनुदान सहायता बढाउन सरकारले केही बस्तुमा करको दर बढाउनु परेको पनि स्पष्ट पारे ।

Logo