नेकपाका नेताहरुले गरे अध्यक्ष द्धयको चर्को आलोचना (भिडियोमा)

नेकपाका नेताहरुले गरे अध्यक्ष द्धयको चर्को आलोचना (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बुधबारको स्थायी समिति बैठकमा पनि अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले पेश गर्नु भएको राजनीतिक प्रतिवेदनको आलोचना गरिएको छ ।

पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा जारी पार्टी स्थायी समितिको सोमबार, मंगलबारको बैठकमा झैं आज बुधबार पनि नेताहरुले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आफ्नो धारणा राखेका हुन ।

राजनीतिक प्रतिवेदनमाथिको आलोचना गर्ने क्रम जारी रहेकोे पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । उनले राजनीतिक प्रतिवेदनलाई परिमार्जन गर्न पनि नेताहरुले नेतृत्वलाई सुझाव दिएको पनि बताए ।

बैठकमा सुरेन्द्र पाण्डे, वर्षमान पुन, देव गुरुङलगायतका ८ जना नेताहरुले राजनीतिक प्रतिवेदनमा केन्द्रित रहेर छलफलमा भाग लिएका थिए । विचार, राजनीति, भावी कार्ययोजनालगायतका विषयमा केन्द्रित भएर आजको बैठकमा पनि नेताहरुले आ–आफ्नो धारणा राखेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

गत शनिबार सुरु भएको पार्टी स्थायी समिति बैठकमा अध्यक्षद्धय ओली र दाहालले तयार पारेको संयुक्त राजनीतिक प्रतिवेदनमाथि सोमबारबाट छलफल सुरु भएको हो ।

छलफलमा भाग लिँदै नेताहरुले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको र पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउन नसकेको तथा एकीकरणको कामलाई पूर्णता दिन ढिलाई गरेको भन्दै पार्टी नेतृत्वको चर्को आलोचना गरिरहेका छन ।

बैठक भोली बिहान पनि बस्नेछ । भोलीको बैठकमा पनि बाँकि नेताहरुले आ–आफ्नो धारणा राख्नु हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

s

Logo