नेकपा स्थायी कमिटि बैठकः ‘प्रधानमन्त्रीका कारण देश र पार्टीको सम्मान खस्कियो’

नेकपा स्थायी कमिटि बैठकः ‘प्रधानमन्त्रीका कारण देश र पार्टीको सम्मान खस्कियो’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठकमा नेताहरुले मन्त्रिमण्डल पुनर्गठन गर्नुपर्ने धारणा राखेका छन् ।

राजधानीमा जारी नेकपा स्थायी कमिटि बैठकमा नेताहरुले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीसँग मन्त्रिमण्डल पुनर्गठन गर्न माग गरेका हुन् ।

जनअपेक्षा अनुसार काम गर्न नसकेका कारण दिनप्रतिदिन सरकारले जनसमर्थन गुमाउँदै भएको भन्दै नेताहरुले मन्त्रिमण्डल पुनर्गठनको माग गरेका हुन्।

अध्यक्षद्वयको राजनीतिक प्रस्तावमाथि आफ्नो धारणा राख्दै स्थायी समिति सदस्यहरुले कतिपय मन्त्रिको कार्यशैली ठीक नभएको भन्दै मन्त्रीमण्डल पुनर्गठनको माग गरेका हुन् ।

स्थायी कमिटी सदस्य रघुजी पन्त, भीम आचार्य लगायतका नेताहरुले नेकपामा क्षमतावान मान्छे जति पनि भएको भन्दै काम गर्न नसक्ने र विवादितहरुलाई तत्कालै सरकारबाट हटाउनुपर्ने माग राखेका थिए ।

प्रधानमन्त्री र माधव नेपालले आत्माआलोचना गर्नुपर्नेः
त्यस्तै नेताहरुले एसिया प्यासिफिक सम्मेलनमा सहभागी भएका पार्टी अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आत्माआलोचना गर्नुपर्ने धारणा राखेका छन् ।

युनिभर्सल पिस फेडेरेसनले काठमाडौंमा गरेको सम्मेलनमा वरिष्ठ नेता नेपालले अध्यक्षता गरेका थिए भने विदेशी पाहुनालाई निम्तो प्रधानमन्त्रीकै तर्फबाट पठाइएको थियो ।

स्थायी कमिटीमा राजनीतिक प्रतिवेदनमाथि जारी छलफलमा भाग लिने अधिकांश नेताहरुले विवादास्पद सम्मेलनमा सरकारको सहभागितामा प्रश्न उठाएका हुन् ।

बुधबारको बैठकमा देव गुरुङ, रघुवीर महासेठ, भीम आचार्य, रघुजी पन्त, वर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र पुष्प कँडेलले आफ्नो धारणा राखेका थिए । उनीहरुले एसिया प्यासिफिक सम्मेलनमा सरकारको सहभागिताको चर्को आलोचना गरेका हुन् ।

पहिलो दिन नै बोलेका अग्नि सापकोटाले नेतृत्वले सार्वजनिकरुपमै आत्मालोचना गर्नुपर्ने माग गरेका थिए भने मंगलबार लिखित धारणा राखेका भीम रावलले युनिभर्सल पिस फाउन्डेसन, उसका गतिविधिबारे ५ पृष्ठ लामो चर्चा गर्दै नेतृत्वले पार्टी र देशकै शिर निहुरिएको धारणा राखेका थिए ।

Logo