माइक खोसाखोस भएपछि रोकिएको कांगेस महासमिति बैठक सुरु

माइक खोसाखोस भएपछि रोकिएको कांगेस महासमिति बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेस महासमिति बैठक फेरि सुचारु भएको छ । माइक खोसाखोस भएपछि रोकिएको महासमिति बैठक फेरि सुरु भएको हो ।

नुवाकोटाका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले बोल्न खोज्दा सहमहामन्त्री डा. प्रकाशरण महतले माइक खोसेपछि विवाद हुँदा मंगलबार बिहान बैठक अवरुद्ध भएको थियो।

दिउँसो ३ बजे पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले महासमिति सदस्यको माग जायज भएको र विधान प्रिन्टको काम भइरहेकाले भोलि उपलब्ध हुने जानकारी गराएपछि बैठक सुरु भएको हो।

मनाङका महासमिति सदस्य चन्द्र घलेले विचार राखेसँगै बैठक सुरु भएको हो। महासमिति बैठक सुरु भएको चार दिनसम्म पनि पार्टीको विधान पेस नभएको भन्दै महासमिति सदस्यहरुले आपत्ति जनाउँदै आएका छन्।

 

Logo