पूर्वप्रधानमन्त्री तुलसी गिरीको भोलि अन्त्येष्टि गरिने

पूर्वप्रधानमन्त्री तुलसी गिरीको भोलि अन्त्येष्टि गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । मंगलबार निधन भएका पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको बुधबार मात्रै अन्त्येष्टि गरिने भएको छ । भोलि दिउँसो ३ बजे पशुपतिमा अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन् । निधनअघि गिरीले विद्युतीय शवदाह गृहमा दाहसंस्कार गर्न भनेकाले त्यही अनुरुप गर्न लागिएको हो ।

गिरीको पार्थिव शरीरलाई उनकै बूढानीलकण्ठस्थित निवासमा राखिएको छ । गिरीप्रति अन्तिम श्रद्धाञ्जली दिन विभिन्न व्यक्तिहरु उनको निवासमा पुगेका छन् ।

आज बिहान बुढानीलकण्ठस्थित आफ्नै निवासमा ९३ वर्षको उमेरमा उनको निधन भएको थियो । राजाको प्रत्यक्ष शासनको समयमा उनी मन्त्रिपरिषदको उपाध्यक्ष बनेका थिए ।

उनले नेपाली कांग्रेसबाट राजनीति सुरु गरे पनि राजा महेन्द्रले २०१७ पुष १ गते जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालामाथी कु गर्दै पञ्चायती शासन थालेपछि उनले राजालाई साथ दिएका थिए ।

पञ्चायत अघि नेपाली कांग्रेसको सरकारमा मन्त्री समेत रहेका गिरी कांग्रेसको महामन्त्री समेत भएका थिए । उनी लामो समय देखि कलेजोको क्यान्सरका बिरामी थिए । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको निधन

Logo