जब महासमिति बैठकमा महत र केसीबीच माइक खोसाखोस भयो

जब महासमिति बैठकमा महत र केसीबीच माइक खोसाखोस भयो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको महासमितिको बैठकमा दुई नेताहरुबीच माइक खोसाखोस भएको छ । सहमहामन्त्री डा. प्रकाशसरण महत र नुवाकोट जिल्ला सभापति जगदिश्वरनरसिंह केसीबीच माइक खोसाखोस भएको हो ।

केसी मन्चमा गएर बोल्दाबोल्दै महत आएर माइक खोसेका थिए । दुई नेताबीच माईक खोसाखोस भएपछि महासमिति बैठक स्थगित भएको छ ।

नेता केसी बोलिरहेका बेला महत आएर माइक खोसेका हुन् । महासमिति बैठक सुरु भएको आज चार दिन हुँदा पनि पार्टीको विधान नआएको र पहिला विधान चाहियो भन्दै मञ्चमा बोलिरहेका बेला महत आएर माइक खोसेको केसीको भनाई छ ।

Logo