केन्द्रीय समितिबाट विधान नआएपछि कांग्रेस महासमिति बैठक स्थगित

केन्द्रीय समितिबाट विधान नआएपछि कांग्रेस महासमिति बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक स्थगित भएको छ। दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएको हो। बैठकमा विधान विनानै छलफल सुरू गरेको भन्दै कांग्रेसका पदाधिकारीले आपत्ति जनाएका थिए । बैठक पुनः लञ्चपछि बस्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

केन्द्रीय समितिबाट पार्टीको प्रस्तावित विधान पारित भएर नआएकाले बैठक स्थगित भएको हो । विधान पारित गर्नका लागि केन्द्रीय समिति बैठक आज बिहान ८ बजे बस्ने भनिए पनि औपचारिक रुपमा अझै सुरु हुन सकेको छैन । महासमिति बैठकस्थलमा विधान चाहियो भनेर सहभागीहरुले होहल्ला गरेपछि बैठक स्थगित भएको हो ।

Logo