चर्को नाराबाजीपछि कांग्रेसको महासमिति बैठक स्थगित

चर्को नाराबाजीपछि कांग्रेसको महासमिति बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको महासमिति बैठकमा चर्को नाराबाजी भएको छ। सोमबार बिहान बसेको बैठकमा नाराबाजी भएपछि दिउँसोसम्मको लागि  स्थगित गरिएको छ ।

सभापति शेरबहादुर देउवा ढिला गरि उपस्थित भएपछि महासमिति सदस्यहरुले नेतृत्वविरुद्ध नाराबाजी गरेका थिए। बैठकमा उपसभापति विजयकुमार गच्छदारको सभापतित्वमा बैठक चलाउने बताएका थिए ।

बैठक स्थगित हुनुअघि बिहान ७ जना महासमिति सदस्यले आफ्नो विचार राखिसकेका थिए । यता, केन्द्रीय समिति बैठक सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसिरहेको छ । महासमिति बैठकमा चार वटा दस्तावेज प्रस्तुत गरे पनि पार्टीको संघीय विधानको मस्यौदा भने प्रस्तुत गरिएको छैन ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठक केही समयका लागि स्थगित गरिएको बताए। उनले विधानका लागि सर्वसम्मतिको प्रयास भइरहेको बताए ।

Logo