एसिया प्यासिफिक सम्मेलनले देशको प्रतिष्ठा उच्च बनाएको एकनाथको निश्कर्ष

एसिया प्यासिफिक सम्मेलनले देशको प्रतिष्ठा उच्च बनाएको एकनाथको निश्कर्ष

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल परिवार दलले एसिया प्यासिफिक सम्मेलनले नेपालको प्रतिष्ठा उच्च बनाएको ठहर गरेको छ । पूर्वमन्त्री एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दलले कोरियन धर्मगुरु हाक जा हान मुनलाई ‘जिससकी एक्ली छोरी’ घोषणा गर्न आयोजित सम्मेलनले नेपालको प्रतिष्ठा उच्च बनाएको ठहर गरेको हो ।

ढकालको अध्यक्षतामा बसेको बैठकले सम्मेलनले अन्तर्राष्ट्रिय क्षेत्रमा देशको गरिमा उच्च बनाएको ठहर गरेको हो ।

सम्मेलनले पर्यटन विकास, जलवायु परिवर्तनसम्बन्धी चेतना विस्तार र नेपालको शान्ति प्रक्रियालाई विश्व मञ्चमा पुर्‍याउन मद्दत गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । ढकाल नेपाल प्रमुख रहेको युनिभर्सल पिस फेडरेसनले दुई हप्ता पहिले राजधानीमा विवादित सम्मेलन आयोजना गरेको थियो ।

होली वाइन खुवाइएको, हानलाई जिससकी एक्ली छोरी घोषणा गरिएको, धर्मपरिवर्तन गराउने उद्देश्यले ब्लेसीङ गरिएको भन्दै सम्मलेनको आलोचना भएको थियो ।

सम्मेलनलगत्तै कोरिया पुगेर फेडरेसनका नेपाल प्रमुख ढकालले नेपालमा सबैले जिससकी छोरीलाई स्वीकार गरेको धारणा राखेका थिए । ढकालको उक्त भनाईप्रति नेपालभित्र चर्को विरोध भईरहेको छ ।

उनले आफ्नो ज्यान खतरामा परेको भन्दै सरकारसँग सुरक्षा समेत मागेका छन् । सम्मेलन आयोजना गरेर नेपालीलाई धर्म परिवर्तन गराउन उत्प्रेरित गरेको भन्दै केहीले आफुलाई ज्यान मार्ने धम्की दिएको भन्दै ढकालले सुरक्षा माग गरेका हुन् ।

Logo